काठमाडौँ ।नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको निष्कर्ष निकालेको छ ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोशीमा गठबन्धन उम्मेदवारको पराजय अनपेक्षित भएको भन्दै गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । माघ २२ गतेदेखि सुरु हुने संसदको अधिवेशनका क्रममा संसद र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गर्दै राष्ट्र र जनताको हितमा सांसदहरुले काम गर्ने निर्णय गरेको छ । संविधान कार्यान्वयन सम्बन्धी विधेयकहरुलार्ई छिटो अघि बढाउन सरकारलाई आग्रह गर्ने र संसदमा पेश भएका विधेयकहरुलाई पारित गर्न समेत सरकारलाई आग्रह गर्ने निर्णय गरिएको लेखकले बताए ।
त्यस्तै बैठकले सदनका गतिविधिहरुलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई पनि अपिल गर्ने निर्णय गरेको छ भने संसद अधिवेशन चल्दासम्म राजधानी नछाड्न र संसदको पुरै बैठकसम्म बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिइएको लेखकले जानकारी दिए । समिति र संसद बैठकमा मन्त्रीहरुको उपस्थीति अनिवार्य गर्ने र सांसदहरुको कुरा सुन्ने तथा सरकारलाई सदनका प्रति उत्तरदायि बनाउन मन्त्रीहरुले गम्भीरतापूर्वक काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै बैठकले संसदीय दलको कार्यसमिति निर्वाचन गर्ने निर्णय गर्दै यसका लागि निर्वाचन समिति तोक्न कांग्रेस कार्यसमितिलाई आग्रह गरेको छ भने बजेट अभावका कारण आयोजना पुरा नहुने अवस्थालाई अन्त्य गर्न त्यस्ता आयोजनाहरुमा बजेट थप गर्न पनि सरकारलाई आग्रह गरिएको लेखकले बताए।
त्यस्तै संसदीय दल बैठकले संसदको बिषयगत समितिहरुमा प्रभावकारी भूमिका निर्वाह गर्न समिति संयोजकहरु चयन गरिएको लेखकले बताए । बैठकमा उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रकरणमा सरकारले चालेको कदम प्रतिशोध मात्रै भएको बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ