ललितपुर, १० असार । गोदावरी नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न भएको छ । नगरसभामा प्रस्तुत गरिएको आगामी आ.व. २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट पनि सर्वसम्मति रुपमा पारित भएको छ ।
नगरसभामा प्रस्तुत गरिएको मूख्य–मूख्य विषय निम्न रहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।
१. विभिन्न वडामा कृषि पकेट क्षेत्र
२. वडा नं ७ देवीचौरमा चिस्यान केन्द्र व्यवस्था गरिने ।
३. सिताके च्याउ खेतीलाई विशेष अनुदान दिइनेछ ।
४. गड्यौला मल खेतीलाई प्रोत्साहन दिने ।
५. डुकुछाप छम्पी सीमानामा टेक्साटाइल हव क्षेत्रको निर्माण गर्न सम्भाव्यता अध्ययन ।
६. गोदावरी वसपार्कमा ठूलो डिजिटल पर्यटकीय जानकारी बोर्ड राखिने ।
७. एक पालिका एक उत्पादन मोडलमा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धन ।
८. माध्यमिक विद्यालयहरुमा स्मार्ट बोर्ड र सिसिटीभि प्रयोग गरी शिक्षण सिकाइमा सुधार ल्याउने ।
नगरस्तरीय पुस्तकालय वडा नं ४ बडिखेल ।
१०. मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्थाको लागि पहल गरिने ।
११. नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने ।
१२. नगरपालिकालाई योग नगरपालिका का रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ।
१३. कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि मास्क र स्यानिटाइजरको सर्वशुलभ उपलब्धतालाई जोड दिइनेछ ।
१४. बज्रवाराही चापागाउँ अस्पतालमा ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने ।
१५. सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिइनेछ ।
१६. खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्न नगरपालिकामा बहुउदेश्यीय गोदावरी रङ्गशाला निर्माण कार्यलाई निरन्रता दिइनेछ ।
१७. यूवा स्वंयसेवक कार्यक्रम सञ्चालन गरिने ।
१८. स्थानीय भाषा, साहित्य, कला, संस्कृति र मातृभाषाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने ।
१९. नगरपालिकाभित्र अपाङ्गमैत्री, विपन्न न्यूनीकरण, सिमान्तकृत तथा दलित उत्थानका कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
२०. जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनलाई बजेटको व्यवस्था मिलाइएको छ र अन्य वडाहरुमा दिवा सेवा केन्द्र निर्माणको पहल गरिने छ ।
२१. कोरोन भाइरसको महामारीवाट पीडित बालवालिकाका लागि उद्धार र सुरक्षाको कार्यक्रम सञ्चालन गरिने ।
२२. नगरपालिकाको सम्पूर्ण स्थानवाट नगरपालिकाको कार्यालय आउ–जाउ गर्न सहज हुने गरी यातायात सञ्चालन गरिनेछ ।
२३. नगरक्षेत्रभित्र सिंचाई सुविधाका लागि राजकुलो मर्मत र सम्भार कार्यलाई निरन्तरता दिइनेछ ।
२४. भू्कम्पपीडित घरधनीलाई घर निर्माण गर्न सहजीकरण र नक्शा पासमा दिंदै आएको कर छुटलाई निरन्तरता दिइनेछ ।
२५. पुरातात्विक शैलीमा घर निर्माण गरेमा रु. १ लाख विशेष सहुलियत दिइनेछ ।
२६. विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीवाट हुने जोखिम न्यूनीकरणको लागि Hand Contact Less Hand Wash Systeam हरेक वडामा विस्तार गरिनेछ ।
२७. वातावरणमैत्री प्राङ्गारिक कृषि प्रविधिको विकास र विस्तार गरिनेछ ।
२८. बज्रवाराहीको काँडे भ्याकुर र गोदावरीको सेतो पुतलीको संरक्षणमा जोड दिइनेछ ।
२९. नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्दै यसको विकल्पका सामाग्रीहरुको प्रयोगमा प्राथमिकता दिइनेछ ।
३०. यूवा पिंढीलाई आकर्षित गरी आधुनिक व्यवसायिक रुपमा जडिबुटी खेतीमा संलग्न गर्न पहल गर्ने ।
३१. नगर सौन्दर्य वृद्धि र हरियाली प्रवद्र्धन गर्न सडक छेउछाउ रुख रोप्ने अभियानलाई निरन्तरता दिइएको छ ।
३२. नगरपालिकालाई स्मर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्र तथा योजना कार्यान्वयन गरिनेछ ।
३३. नगरपालिकाको विभिन्न स्थानमा सिसिटिभी जडान तथा डिजिटल नागरिक वडापत्र, सूचना पार्टी, घर नम्बरिङ र डिजिटल नगरप्रोफाइलको व्यवस्था गर्ने कार्यलाई अगाडी बढाइनेछ ।
यसै गरी गोदावरी नगरपालिकाको आगामी आ.व. २०७७÷०७८ को कुल बजेट एक अर्व ६८ करोड ६५ लाख २२ हजार हुने अनुमान गरेको छ ।
आज नगरपालिकाको सातौं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ १६ करोड, संघीय सरकार समानीकरण अनुदान तर्फ २० करोड २८ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ १० करोड ९६ लाख ५७ हजार २ सय ९०,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड १२ लाख, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ ४ करोड १२ लाख ५० हजार, मालपोत राजश्व बाँडफाडवाट २० करोड ६ लाख ४२ हजार ७ सय १०, शर्शततर्फ ६० करोड २९ लाख ७२ हजार, चालु आवको अल्या ३५ करोड रहेको गरी कुल एक अर्व ६ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।
यसै गरी नगरपालिकाको चालुतर्फ रु. ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ १४ करोड र चालु आवको साविक योजनाका लागि २० करोड गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको व्यय अनुमान रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ