काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ ।
मंगलबार मलेसियामा भएको एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित हासिल गरेको हो । नेपाली महिला क्रिकेटको इतिहासमै यो अहिलेसम्मको फराकिलो जित हो ।
कीर्तिमानी जित दिलाउन रूबिना क्षेत्रीको शतक र पुजा महतोको अर्धशतकमा नेपालले माल्दिभ्सलाई २२८ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा आएको माल्दिभ्सलाई नेपालले १३.५ ओभरमा १० रनमै अलआउट गरेको थियो ।
केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी-२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी-२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।
रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।
माल्दिभ्सलाई सस्तोमा अलआउट गर्न अश्मिना कर्माचार्यले चार विकेट लिँदा पुजा महत रूबिना क्षेत्रीले ३ विकेट लिइन् ।
नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो। दुई खेल जितिसक्दा नेपाल यसअघि नै अन्तिम आठमा पुगिसकेको छ । आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ