सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्न: शेखर कोइराला

प्रकाशित समय: मगलवार, ०५ : ५२ बजे फाल्गुन १ गते



संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन हुन्न: शेखर कोइराला

काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु नहुने बताएका छन्।

 

काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले  सर्वोच्च अदालतको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र मानव अधिकार आयोगको निर्देशनलाई ध्यानमा राखेर यसलाई निष्कर्षमा पुराउनुपर्ने उनको भनाइ छ । कोइरालाले जनताका लागि नभइ नेताहरुका लागि मात्रै लोकतन्त्र आएको महशुस भएको धारणा राखे ।

 

‘हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरुको लागि लोकतन्त्र आएको छ। तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु,’ उनले भने।लोकतन्त्रमा कानुनी शासन र मानव अधिकार भएन भने लोकतन्त्र नहुने उनले बताए।

 

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले दोषीलाई कारवाही तथा पीडितलाई न्याय प्रदान गर्ने र अन्तर्राष्ट्रिय समुदाय समेत विश्वस्त हुने गरी संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई टुङ्गोमा पुराउनुपर्ने बताए ।