काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।
यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।
कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेका थिएनन् ।
कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २-२ विकेट लिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ