ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएकाे हाे ।
महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गएको हो ।
याेसँगै कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । महामन्त्री थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ