काठमाडौं।संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टीआरसी) एक हप्ता भित्र टुंगोमा पुर्याउने गरी अगाडि बढाउन प्रस्ताव राखेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्याउने गरी अगाडि बढ्ने प्रस्ताव राखेका हुन् ।शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखे। उनले भने, ‘मैले आज अनुरोध गरेँ- एउटा मिति तोकौं । त्यो मिति आज ११ गते हो । त्यो मिति १५ गते पनि हुन सक्छ । अलि बढि चाहियो भने पनि १८, १९ गते भन्दा उता नजाने गरी मिति तोकौं । यो एक हप्ता, ४ दिन, छ दिन जति हुन्छ । फेरि सहमतिको बल गरौं र टुंगो लगाऔं।’
टीआरसी विधेयक कानुन न्याय तथा मानव अधिकार समितिमा दफावार छलफलमा छ ।सञ्चार माध्यमले पनि यसलाई ढिलो गर्ने कुरालाई राम्रो रुपमा नलिएको, आम नागरिक समाज, आम नागरिकहरुको बीचमा आयोचनाको विषय हुन थालेको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले समय नै तोकेर अगाडि बढाउने प्रस्ताव गरेका हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ