काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच शुक्रबार भेटवार्ता भएको हो ।
विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन् ।
यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गरेका मन्त्री साउदले उक्त मञ्चलाई सम्बोधन गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्ने छन् ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ