सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेदरल्याण्डसले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

प्रकाशित समय: आइतवार, ०९ : ५० बजे फाल्गुन १३ गते



नेदरल्याण्डसले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै यस खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा नेपालले आफ्नो टिममा दुई परिवर्तन गरेको छ। नेपालले अरिफ सेख र गुलशन झालाई आजको प्लेइङ ११ मा राख्दै देव खनाल र सोमपाल कामीलाई बाहिर राखेको छ। नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी र ललित राजवंशी।

यस सिरिजमा नामिबियाको आफ्ना चार खेल जितेर ३ जितसहित नामिबियाको ६ अंक हासिल गरेको छ। त्यस्तै  लिग-२ को पहिलो सिरिज पनि जितेको छ। त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ। नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो।

लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।