काठमाडौं । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए ।
सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए । तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले सोमबारको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे । तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे । यसपछि सभामुख घिमिरेले सोमबार नै बस्नेगरी १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ