काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदैँछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।
खेल तालिका
- नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
- नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ