सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

प्रकाशित समय: मगलवार, १० : १९ बजे फाल्गुन १५ गते



संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

काठमाडौं । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ । आजै सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन् ।