काठमाडौं । सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने बताएका छन्। बुधबार बसेको स्थायी समिति बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबी स्वाभाविक भएको बताए । ‘अध्यक्ष लिन कोसिस जारी छ,’ प्रचण्डले बैठकमा भने, ‘गठबन्धनसँग सरसल्लाह गरेर एउटा वातावरण निर्माणको प्रयत्न भइरहेको छ।’
मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष पद नछाड्न र उदार नबन्न अध्यक्ष प्रचण्डलाई खबरदारी गरेका थिए। राष्ट्रिय सभा अध्यक्षमा सत्ता साझेदार नेपाली कांग्रेसले दाबी गरिरहेको छ। कांग्रेसका नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउनेगरी उम्मेदवार बनाइएको नेताहरुले बताइरहेका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ