सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

राष्ट्रियसभा अध्यक्षबारे गठबन्धनमा सहमति जुट्छ : माधव नेपाल

प्रकाशित समय: बिहिवार, ०५ : १४ बजे फाल्गुन १७ गते



राष्ट्रियसभा अध्यक्षबारे गठबन्धनमा सहमति जुट्छ : माधव नेपाल

काठमाडौँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन्।

 

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताए ।

 

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे। उनले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ ।

 

अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका थिए ।