काठमाडौं । पाकिस्तान मुस्लिम लिग- नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् ।मरियम पाकिस्तानकी पहिलो मुख्यमन्त्रीसमेत बनेकी हुन् । सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानका कुनै पनि प्रान्तमा महिला मुख्यमन्त्री बनेका थिएनन् ।
५० वर्षीया मरियम पाकिस्तानको राष्ट्रियसभा वा संसद्को तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन् । उनले २ सय २० मत प्राप्त गरिन् । पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् ।
आरक्षित सिट सम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिए र मतदान प्रक्रिया बहिष्कार गरेका थिए । निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकलाई सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ