काठमाडौं । त्रिकोणात्मक टि-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो ।
शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । शृङ्खलामा नेदरल्याण्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको दुई दुई अङ्क छ । रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख
नेदरल्यान्ड्सको टोली :
म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, काइल क्लाइन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ