सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

नेपालको शानदार बलिङ प्रदर्शन: नेपाललाई जितका लागि नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य

प्रकाशित समय: शनिवार, ०१ : १६ बजे फाल्गुन १९ गते



नेपालको शानदार बलिङ प्रदर्शन: नेपाललाई जितका लागि नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य

काठमाडौं । नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय २१ रनको सामान्य लक्ष्य पाएको हाे । १९. ३ ओभरमा नेदरल्याण्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।

नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए । रोलफ भान डर मर्वले तल्लोक्रममा नटआउट २३ रनको योगदान दिए । उनले १४ बलमा १ चौका र १ छक्का जोडे । नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले २-२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । अन्तिम विकेट कुशल भुर्तेलको थ्रोमा रनआउट भएको थियो । करण केसीले इनिङको पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।