सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

टी-२० शृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

प्रकाशित समय: आइतवार, ०४ : ०४ बजे फाल्गुन २० गते



टी-२० शृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं। त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुने भएको छ ।

 

आइतबार त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान पक्का गरेको हो । खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन् । नेदरल्यान्ड्स ५ अंकका साथ समूह बिजेता बन्दै फाइनल पुग्यो भने ४ अंकका साथ नेपालले पनि फाइनलमा स्थान बनाएको हो । एक खेल मात्रै जितेको नामिबियाको ४ खेलबाट ३ अंक रहेको छ ।

 

खेल रद्द हुनुअघि नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन बनाएको थियो । नामिबियाका जन निकोल ३४ रन र जेने ग्रीन ११ रनमा नटआउट अवस्थामा थिए । नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल मंगलबार हुनेछ ।