काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । आज बिहान बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो । आइतबारबाट एकाएक सत्ता गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बाहिर राखेर नयाँ गठबन्धन बनाउन खोजेको चर्चा छ । आज बिहान बस्ने गठबन्धनको बैठकले यो सरकारको आयू निर्धारण गर्ने दावी गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार मात्रै पटकपटक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतसँग छलफल गरेका थिए । आज बिहान सत्ता गठबन्धनको बैठक बसेलगत्तै प्रतिपक्षी दलहरुसँग प्रधानमन्त्रीको छलफल रहेको बताइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ