काठमाडौं । संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धि विधेयक आजै प्रतिनिधिसभाको समितिबाट पारित गर्ने तयारी भएको छ । टीआरसी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज बिहान कानुन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान सिंहदरबारमा बोलाइएको छ । आइतबार नै विधेयक समितिबाट पारित गर्ने तयारी भएपनि सरकारले थप सहमतिका लागि समय मागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयक छिटो समितिबाट पारित गर्न दवाव बढाएपछि आजै समितिको बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डले सहमतिबाटै विधेयक पारित गर्ने गरी सबै दलसँग छलफल अगाडि बढाएका हुन् ।
आजको समितिबाट विधेयक पारित भए संसदबाट पनि छिट्टै पारित गर्ने सरकारको तयारी छ । टिआरसी विधेयकमा सर्वसहमतिको प्रयास थालेका प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समिकरणको थालनी पनि गरेको चर्चा भएको छ । आज बिहान नै सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठकले सरकारको आयू निर्धारण गर्ने दावी गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ