सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

अब प्रतिपक्षमा रमाउँछौँ: कांग्रेस

प्रकाशित समय: सोमवार, ०१ : ३२ बजे फाल्गुन २१ गते



अब प्रतिपक्षमा रमाउँछौँ: कांग्रेस

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको बिफ्रिङ गरेका छन् ।

 

आज (सोमबार) बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको बताएका छन ।

 

बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’ कांग्रेसले गठबन्धन नतोडेको भन्दै नयाँ रणनीति पनि केही नभएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं ।

 

अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं ,’ उनले भने । गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताएका छन । ‘गठबन्धन प्रधानमन्त्रीले तोड्न, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ,’ उनले भने ।