सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २९ श्रावण २०७७ / Thursday, 13 August 2020

फ्लाइओभरको सम्भाव्यता अध्ययन मस्यौदामाथि छलफल अन्तिम प्रतिवेदन असार अन्तिममा


प्रकाशित समय: आइतवार, ०६ : ५५ बजे असार २१ गते



फ्लाइओभरको सम्भाव्यता अध्ययन मस्यौदामाथि छलफल  अन्तिम प्रतिवेदन असार अन्तिममा

ललितपुर,ललितपुर महानगरपालिकाले बनाउने भनिएको ५ वटा फ्लाईओभरको सम्भाव्यता अध्ययनको मस्यौदा प्रतिवेदनमाथि छलफल गरिएको छ । उक्त अध्ययनको अन्तिम प्रतिवेदन अध्ययनकर्ता कम्पनीले असारको अन्तिम साता महानगरलाई बुझाउनेछ ।

 

ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले चक्रपथमा ग्वार्खो, सातदोबाटो, चापागाउँ दोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । संभाव्यता अध्ययन अनुसार पाँचै ठाउँमा फ्लाइओभर निर्माण गर्न मिल्छ । महानगरले चक्रपथका चार ठाउँ र पुल्चोकदेखि कुपण्डोल बागमती पुलसम्म फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययनको जिम्मा उक्त कम्पनीलाई दिएको थियो ।

 

ललितपुर महानगरपालिकाभित्र फ्लाइओभर निर्माण महानगरपालिकाको गौरवशाली योजना हो । अध्ययन प्रतिवेदन अनुसार पुल्चोकदेखि बागमती पुलसम्म फ्लाइओभर उपयुक्त हुने, रातो मछेन्द्रनाथको रथ बुङमतीबाट एकान्तकुना हुँदै ल्याउनु पर्ने भएकाले त्यहाँ लुप (फ्लाइओभर) निर्माण गर्नुपर्ने ,चापागाउँ दोबाटो र सातदोबाटोमामा फ्लाइओभर र अन्डरपास गर्न सकिन्छ ।

 

त्यसैगरी ग्वार्खोमा अन्डरपास नभई फ्लाइओभर निर्माण गर्न पर्ने उल्लेख गरिएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यो महानगरको गौरवशाली योजना भएको बताए । फ्लाइओभर निर्माणको अवधारणा महानगरले सुरु गरेको बताए । उनले भने, ‘ अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर काम अघि बढाइनेछ ।

 

फ्लाईओभर निर्माणले सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्छ । गन्जागोल ट्राफिक व्यवस्थापन गर्न सजिलो हुन्छ । यी त भए फ्लाइओभरको निर्माणले प्रत्यक्ष हुने फाइदा । शहरीयोजना ईश्वर जोशीले भने, ‘ जनताले अप्रत्यक्ष रुपमा महसुश गर्ने सहजता धेरै छन्, समयको बचतदेखि, सवारीसाधनको मेन्टिनेन्ससम्मलाई समेट्छ ।’

 

ललितपुर महानगरपालिकाले फ्लाइओभर निर्माणको लागि संम्भाव्यता अध्ययन गर्नु आफैंमा महत्वपूर्ण भएको जोशीले बताए । ललितपुर महानगरपालिका फ्लाइओभरलाई महत्व दिदैं फ्लाइओभर गाइडलाइन समेत तयार पारेको छ । संभवत फ्लाइओभर गाइड लाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।