सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

माधव नेपालको घरमा पुगे प्रचण्ड र ओली

प्रकाशित समय: मगलवार, ०७ : १८ बजे फाल्गुन २२ गते



माधव नेपालको घरमा पुगे प्रचण्ड र ओली

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

 

प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल, महसचिव शंकर पोखरेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।प्रचण्ड नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्काएर एमालेसँगको नयाँ गठबन्धनमा लागे पनि एकीकृत समाजवादीले भने कुनै निर्णय गरिसकेको छैन ।

 

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।