सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

सत्तारुढ दलहरुबीच ७ बुँदे सहमति

प्रकाशित समय: मगलवार, ०२ : ३९ बजे फाल्गुन २९ गते



सत्तारुढ दलहरुबीच ७ बुँदे सहमति

काठमाडौं। नेकपा एकीकृत समाजवादीको समेत सहभागितामा वर्तमान सत्तारुढ दलहरुबीच लिखित सहमति भएको छ ।

 

मंगलबार एकीकृत समाजवादी लाई समेत जोडेर ५ दलहरुबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।लिखित सहमतिपत्रमा नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । त्यस्तै, राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषय पनि नयाँ सहमतिपत्रमा हटाइएको छ ।

 

यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे लिखित सहमति भएको थियो ।

 

अघिल्लो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन ।