सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

प्रकाशित समय: मगलवार, ०२ : ४० बजे फाल्गुन २९ गते



राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।

 

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

 

उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।