सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

सर्वोत्कृष्ट कार्य गरेको भन्दै गोदावारी नगरपालिका सम्मानित

प्रकाशित समय: मगलवार, ०६ : ४८ बजे फाल्गुन २९ गते



सर्वोत्कृष्ट कार्य गरेको भन्दै गोदावारी नगरपालिका सम्मानित

ललितपुर, ललितपुरको गोदावरी नगरपालिका सम्मानित भएको छ । क्षेत्रफलमा उपत्यकाकै ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकाले शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिकाले संघले गोदावरीलाई सम्मान गरेको हो । संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा विभिन्न पाँच विधा छनौट नगरपालिकाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सर्वोत्कृष्ट हुने नगरपालिकाहरुलाई संघीय मामिला मन्त्री भानुभक्त जोशीले सम्मानपत्र सहित सम्मान गरेका थिए । 

 

स्थापनाको छोटो अवधिमा नै गोदावरी नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य काम गरेको छ । यसैगरी नगरपालिकाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखरे काम गरेको छ ।

 

नगरपालिकाले आफ्नै स्रोतबाट कलात्मक ढंगबाट प्रशासनिक भवन निर्माण गर्नुका साथै इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य अन्तिम चरण पुगेको छ । यस वर्ष शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा गोदावरी नगरपालिका सम्मानित भएको कार्यसम्पादन मूल्याङकन समितिका संयोजक संविधानविद् काशिराज दाहालले बताए । 

 

२०७३ सालमा स्थापना भएको गोदावरी नगरपालिकालाई सर्वोत्कृट बनाउन नगरभित्रका सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारी लगायत सम्पूर्ण महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख गजेन्द्र महर्जनले सम्पूर्ण धन्यवादज्ञापन गर्दै कृतज्ञता व्यक्त गरे । नगरपालिकाले कला संस्कृति र पर्यापर्यटनमा पनि उल्लेख्य काम गरिरहेको बताउँदै गोदावरीलाई समुन्नत नगर बनाउन सहकार्य प्रतिबद्धता व्यक्त गरे । यसैगरी यस विधामा सुदुर पश्चिमको भीमदत्त नगरपालिका पनि सम्मानित भएको थियो । संस्थागत सुधार वित्तिय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका सम्मानित भएको छ । 

 

स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा रुपन्देहीको वुटवल नगरपालिका सम्मानित भएको छ । त्यसैगरी सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिकालाई सम्मानित गरिएको थियो । वन वातावरण जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेका चितवनको रक्तनगर नगरपालिका र रुकुमको चौरजहादी नगरपालिका सम्मानित भएका छन् ।