काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी गरेको छ। आजै टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने गरी मस्यौदा निर्माणको काम भइरहेको रास्वपाका प्रवक्ता एवं कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए।
मस्यौदा हस्तान्तर भएसँगै शीर्ष तहमा आन्तरिक छलफल गरेर सरकारले मन्त्रिपरिषदबाट पास गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने ढकालको भनाइ छ। बिहीबारै नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गरी अर्थ मन्त्रालय सिंहदरबारमा बैठक राखिए पनि माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री वर्षमान पुन संसद् बैठकमा व्यस्त रहेका कारण बैठक आज बिहान ९ बजे बस्ने गरी कार्यदलको बैठक स्थगित भएको थियो।
अघिल्लो वर्ष एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ। महत्वाकांक्षी कार्यक्रमभन्दा पनि तत्काल गर्न सकिने आर्थिक सुधार, सुशासन र सेवा प्रवाहलगायतका विषय समेटेर मस्यौदालाई अन्तिम रूप दिने दलहरूको तयारी छ।
न्यूनतम कार्यक्रम छोटो र बुँदागत हुने कार्यदल सदस्यहरूले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले समीकरण परिवर्तनको निर्णय लिएसँगै २१ फागुनमा नीति तथा कार्यक्रमका लागि कार्यदल बनेको थियो।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ