काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रि पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्ने बताएका छन् ।
आइतबार संघीय संसदन भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस–एमाले एक हुनुपर्ने बताएका हुन् ।यद्यपि, कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उनको भनाइ छ । सरकार परिवर्तन नगरी देशमा आएका संकटको समाधानका लागि कांग्रेस–एमाले मिल्नुपर्ने सांसद पाण्डेको विचार छ ।
व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेकोले कांग्रेस–एमाले एकजुट हुनुपर्नेमा जोड दिएका उनले अहिलेको राजनीतिक व्यवस्थाको कांग्रेस–एमाले संस्थापक पार्टी भएकाले यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ