काठमाडौं। आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादीलगायतका दलले दर्ताको निवेदन दिएका छन् ।रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ । जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो ।
आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ