सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

गैरआवासीय नेपाली सङ्घको बार्षिक साधारण सभा सम्पन्न, ४ प्रोजेक्टमा हस्ताक्षर

प्रकाशित समय: सोमवार, ०७ : १६ बजे चैत्र ५ गते



गैरआवासीय नेपाली सङ्घको बार्षिक साधारण सभा सम्पन्न, ४ प्रोजेक्टमा हस्ताक्षर

काठमाडौं,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बार्षिक साधारण काठमाण्डौको होटल लो मुस्ताङ्ग, ठमेलमा सम्पन्न भएको छ। संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष बिनोद कुँवरले अध्यक्षता गरेका थिए। 

सङ्घले भूकम्प प्रभावित क्षेत्र आठबिसकोट र भेरी नगरपालिकामा पुन:निर्माणका दुइ (२) वटा परियोजनाहरु गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। त्यसैगरी तारकेश्वर नगरपालिकामा मोनोरेल सञ्चालन गर्ने बारे अर्को सम्झौतामा हस्ताक्षर भएको छ। 

कार्यक्रममा कोरियन कम्पनी र गैर आवासीय नेपालीहरुले सञ्चालन गरेको नेपाली कम्पनी बीच कोरियन केमेस्टिक उत्पादन र वितरण गर्ने व्यावसायिक सम्झौतामा समेत हस्ताक्षर गरिएको छ।

साधारण सभामा युरोप, ओसीयानिया, मध्यपूर्व तथा अफ्रिका, एशिया र अमेरिकाज गरी ६ क्षेत्रका २५ भन्दा धेरै देशका राष्ट्रिय स्तरका एनआरएनए र ४० भन्दा धेरै देशका गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सङ्घको विधानअनुसार वार्षिक साधारण सभा र महाधिवेशनका लागि भौतिक रुपमा नेपालमा नै उपस्थिति हुनुपर्ने हुन्छ।

सभाको उद्घाटन सत्रमा गत २०२२ को मार्चमा सम्पन्न एनआरएनएको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित अन्तराष्ट्रिय परिषदले २ बर्षको अवधिमा गरेका कार्यक्रमहरु, सामाजिक सेवा र परियोजना लगायतको बारे जानकारी गराइएको थियो। 

 

यस बाहेक विभिन्न सामाजिक सेवाका काम गर्ने, Entrepreneurship & Enterprising Development लाइ निरन्तर दिने,  संघका नियमित गतिविधि गरिनेछ।  

 

सङ्घको साधारण सभा गर्नु पूर्व सङ्घका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा पूर्व उपाध्यक्ष सोनाम लामा, पदाधिकारी र एनसीसी प्रतिनिधिहरूले परराष्ट्रमन्त्री नारायणकाजीसँग भेटेर सङ्घको गतिविधिबारे जानकारी गराएका थिए। सो क्रममा मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरूको संघ फुट्नु राम्रो नभएकाले अहिलेका नेतृत्वको पहलमा एउटै सङ्घ बनाउन आग्रह गरेको सङ्घका सचिव तथा मिडिया एण्ड पब्लिकेसन कमिटीका संयोजक कृष्ण सन्जेल केसीले जानकारी दिए।