सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

पूर्वसभामुख महरा हाजिरी जमानतमा छुटे

प्रकाशित समय: शुक्रवार, ०२ : १६ बजे चैत्र ९ गते



पूर्वसभामुख महरा हाजिरी जमानतमा छुटे

काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छुटेका छन् ।

 

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन् । महराका छोरा निर्मलको जमानीमा छुटेका हुन् । महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताए ।

 

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो । उक्त दफामा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ ।

 

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् ।

 

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । महरामाथि सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।

 

महरालाई प्रहरीले गत सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो ।