सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

मानव अधिकार तथा शान्ति समाजले माग्यो रवि लामिछानेको राजीनामा

प्रकाशित समय: सोमवार, ०४ : ३५ बजे चैत्र १२ गते



मानव अधिकार तथा शान्ति समाजले माग्यो रवि लामिछानेको राजीनामा

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै समाजले लामिछाने आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ ।

 

‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’ सोमबार समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउनकै लागि सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको समाजको भनाई छ ।

 

समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीतिको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ ।’