सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

प्रकाशित समय: बिहिवार, १० : ०७ बजे चैत्र १५ गते



एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानमा पनि एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बोर्डले यसपटकबाट परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरेको छ । बोर्डले यस वर्षको परीक्षामा लेटर ग्रडिङ निर्देशिका २०७८ लागू गरेको छ । यो प्रणाली अन्तर्गत विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने छ ।