सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २९ श्रावण २०७७ / Thursday, 13 August 2020

आयल निगमले गरेको मूल्यबृद्धि फिर्ता लिन नेपाल बिध्यार्थी संघ (वी.पी.) को माग


प्रकाशित समय: आइतवार, ०८ : २३ बजे श्रावण ४ गते



 आयल निगमले गरेको मूल्यबृद्धि  फिर्ता लिन नेपाल बिध्यार्थी संघ (वी.पी.) को माग

नेपाली काँग्रेस (वी.पी.) का महामन्त्री श्रीबिकास पाण्डेको नेतृत्वमा गएको बिध्यार्थीहरुको समुहले बिश्वो CORONA ले आक्रान्त भएको र नेपाल पनि प्रभावमा परि नेपाली जनताहरुलाई Lock Down मा राखिएको अबस्थामा अब्यबस्थित QUARAINTINE मा उपचारको सामाग्री अभाबले पिडा दिएको अबस्थामा नेपाल आयल निगमले आफु अनुकुल मूल्यबृद्दी बढाएर नाफालिदै आएकोले ७ दिन भित्र मूल्यबृद्दी गरेका निर्णय फिर्ता लिन माग गरेकोछ |

 

नेपाल बिध्यार्थी संघ (वी.पी.) ले CORONA तथा प्रकृतीक बिपती बाढी पैरो बाट पिडित भएका नागरिकलाई उपाहार स्वरूप पेट्रोलीयम पदार्थमा मूल्यबृद्दी गरीएको भन्दै आफ्नो ध्यानाकर्सन भएको जनाएकोछ | नेपाल आयल निगमलाइ नेपाल बिध्यार्थी संघ (वी.पी.) ले मूल्य समायोजन गर्दा शुक्रबारलाई प्राथमिकता दिएको भन्दै शनिबार र आईतबार दुइ दिनलाई खपत हुने इन्धन निगमको डिपो थानकोट बाट ब्यबसायीले शुक्रबार नै खरीद गर्ने गरेको भन्दै मूल्यबृद्दीमा ब्यबसायी र कर्मचारीको मिलि महत्वमा भ्रस्ट्राचारको गन्ध आएकोले मूल्य समायोजन गर्दा शुक्रबार बाहेक अन्य बारमा समायोजन प्रक्रिया गर्न सुझाब दिएकोछ |

 

नेपाल बिध्यार्थी संघ (वी.पी.) ले Lock Down को समयमा चैत्र, वैशाक र जेष्ठ महिनामा मात्रै नेपाल आयल निगमले ३ अर्ब रपैया मुनाफा गरेको सुचना प्राप्त गरेको यथार्थ हुदा हुदै पनि ९ दिन भित्र २ पटक निगमले आफ्नै सोचालीत प्रणालीलाइ लत्याई मूल्यबृद्दी के कती कारणले गरेको हो त्यसको जानकारी आमा नागरीकलाई आजको मितिले ७ दिन भित्र सार्बजनिक गरी नेपाल आयल निगम अनुकूल गरीएको मूल्यबृद्दी खारेज गर्न माग गरेको छ |

 

नेपाल बिध्यार्थी संघ (वी.पी.) ले रु.३८ रुपैयामा खरीद गरिएको पेट्रोलीयम पदार्थलाई नेपाल सरकारले विभिन्न कोष खडाको बाहानामा विभिन्न कर लगाई महंगोमा मुल्यमा इन्धन बिक्रि गर्दै आएको तर सो तथाकथित कोश्हरुमा हाल सम्म नेपाल आयल निगमले के कती रकम जम्मा गरीएको छ भन्ने पार्दशिका रुपमा सार्बजनिक नगरीकोले ७ दिन भित्र सार्बजनिक गर्न माग गरीएको छ |

 

नेपाल बिध्यार्थी संघ (वी.पी.) को ज्ञापनपत्र बुझ्दै नेपाल आयल निगमका महाप्रबन्धकले नेपाल आयल निगम पुर्ण सरकारी स्वामित्वमा रहेकोले आफ्नो निर्णय भन्दा पनि सरकारको निर्णय कार्यान्यन गर्नु बाध्यता रहेकोले सरकारले विभिन्न शिर्सक्मा कर नलगाउने हो भने खरीद मुल्यमा निगमको खर्च जोडी आम उपभोक्तामा प्रति लिटर रु. ४२-४३ रुपैयामा इन्धन उपलब्ध गराउन सकिने बताउनु भयो |

 

निगमका महाप्रबन्धकले आफु भित्र मात्र कर्मचारी रहेको बाहिर नागरीक रहेकोले नेपाल बिध्यार्थी संघ (वी.पी.) को माग प्रती गम्भीरताका साथ विभागीय मन्त्रालयमा जानकारी गराई माग सम्बोधन गर्न पहल गर्ने बचंबधता ब्यक्त गर्नु भयो |

 

नेपाल बिध्यार्थी संघ (वी.पी.) ले आफ्नो मागलाई गम्भीरता नलिएमा जस्तो सुकै परिस्थिती श्रीजना हुन सक्ने अबस्थाको जिम्मेवार नेपाल आयल निगम तथा नेपाल सरकार हुने छ भन्ने चेतावनी दिएको छ |