ललितपुर,ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेल स्थित कुमारी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ।
हिजोबाट लागेको डढेलो नियन्त्रण गर्न गएका स्थानीय तीनजना गम्भीर घाइते भएका थिए। डढेलोले जलेर घाइते भएका स्थानीयलाई तत्कालै कीर्तिपुर स्थित बर्न अस्पतालमा लगिएको थियो। उपचाररत तीनमध्ये गम्भीर घाइते शंकर पहारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए।
अन्य दुई घाइते मध्ये १ को सोही अस्पताल र अर्का एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सानु भाइ नगरकोटीले जानकारी दिए। अध्यक्ष नगरकोटीका अनुसार डढेलो बस्ती नजिक नियन्त्रण गरिएको भएपनि माथिमाथिका डाँडामा नियन्त्रणमा आउन नसकेको बताए।
त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर ६ टिका भैरव स्थित आनन्दवन अस्पताल डढेलोको जोखिममा परेको छ। अस्पतालमा कुनै मानवीय क्षति नभएपनि डढेलोको धुवाका कारण त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारी उपचार गरिरहेको गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनले बताए। डढेलो नियन्त्रण गर्न नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी डिभिजन वन कार्यालय ललितपुरका कर्मचारी, स्थानीय सामुदायिक वनका पदाधिकारी सदस्य लगातार त्यस क्षेत्रमा खटिएको डिभिजन वन अधिकृत हेमबहादुर थापाले जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ