ललितपुर, गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेल स्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा आगलागी भई मृत्यु भएका शंकर पहरी र रमी पहरीको परिवारलाई गोदावरी नगरपालिकाले पाँच लाख राहत दिने निर्णय भएको छ।
गोदावरी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले मृतकका परिवारलाई राहत स्वरूप प्रति परिवार पाँच लाख दिने निर्णय गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।
हिजो पहरी बस्तीमाथि कुमारी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न गएका स्थानीय शंकर र रमी गम्भीर घाइते भएका थिए। डढेलोले जलेर घाइते भएका उनीहरूलाई तत्कालै कीर्तिपुर स्थित बर्न अस्पतालमा लगिएको थियो।
उपचाररत गम्भीर घाइते शंकर पहारीको उपचारकै क्रममा हिजो मृत्यु भएको थियो भने अर्का घाइते रमी पहरीको आज उपचारकै क्रममा मृत्यु भएको हो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ