सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

वातावरण दिवसको अवसरमा नेविसंघ ललितपुरले गर्यो वृक्षरोपण

प्रकाशित समय: बुधवार, ०८ : ४५ बजे जेठ २३ गते



वातावरण दिवसको अवसरमा नेविसंघ ललितपुरले गर्यो वृक्षरोपण

ललितपुर,विश्व वातावरण दिवसको अवसर पारेर नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति ललितपुरले वृक्षरोपण गरेको छ। 

 

महालक्ष्मी नगरपालिका वडा नम्बर -६ सिद्धिपुरको सडक पेटीमा नेविसंघले कपुर , धुपी,असारे, काइँयो लगायत विभिन्न जातका ४० बिरुवा रोपेको नेविसङ्घ सभापति सरोज घोरासैनीले बताए।  

बृहत् वृक्षरोपण कार्यक्रमको संयोजन नेविसंघका जिल्ला सदस्य सक्षम महर्जनले गरेका थिए। 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, बागमती प्रदेश सभा सदस्य उर्मिला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षरोपण कार्यक्रममा नेवी संघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तथा पदाधिकारी, महालक्ष्मीनगर पालिकाका पदाधिकारी सदस्य लगायतको उपस्थिति रहेको थियो ।