ललितपुर, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेलमा मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण गर्ने गरिएको बताइएको छ ।
सो संस्थाले आयुर्वेद सेवा प्रवद्र्धन गर्न स्थानीय पत्रकारहरुसँग आज गरेको अन्तरक्रिया कार्यक्रममा उक्त अस्पताल आउने स्तनपायी आमाहरुको लागि बिना शुल्क उक्त दुग्ध बाँड्ने गरिएको बताइएको हो ।
उक्त कार्यक्रममा अस्पताल प्रमुख डा. श्रृष्टि श्रेष्ठले अस्पतालले बिरामीको निःशुल्क स्क्रीनिङ गर्ने गरेको बताइन् । उनले भनीन, “हामीले २३ थरिको औषधी समेत निःशुल्क वितरण गर्ने गरेका छौँ ।” सो अस्पतालले विभिन्न प्रकारका उपचारात्मक तथा जनचेतनामुलक एवं स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको डा. श्रेष्ठले जिकिर गरिन ।
उक्त अस्पतालले आफ्नो स्थापनाकालदेखि आयुर्वेद स्वास्थ्य सेवालाई जिल्ला अन्तर्गत पर्ने विभिन्न स्थानीय निकायमा विस्तार गर्दैै आइरहेको बताइएको छ ।
सो अस्पतालले बहिरङ्ग तथा पञ्चकर्म एवं पूर्वकर्म सेवा दिनाका साथै योग र ल्याब,ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम एवं अकुपञ्चर सेवा समेत दिने गरेको जानकारी गराइएको छ ।
उक्त कार्यक्रममा अस्पतालले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धी सचेतना एवं ट्राफिक प्रहरीका लागि नस्यकर्म तथा विद्यालय आयुर्वेद तथा योग शिक्षा हुँदै राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका साथै ललिपतुरका केही ठाउँमा आयुर्वेद औषधालय सञ्चालन गर्ने गरेको चिकित्सकले जानकारी गराएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ