ललितपुर, ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ ।
सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । निर्धारित समय अघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो ।
पुलपूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै बताउँदै यो पुलले सुनाकोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए । नगर प्रुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भन्नुभयो, ‘त्यस्तै किसिमको विपद आइकाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ । ’
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुनाकोठी र बुडमति बासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रष्ट पार्नुभयो । यो पुलले आर्थिक सामाजिक रुपमा स्थानीयलाई समृद्ध बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । बताउनुभयो ।
कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । वडाअध्यक्षहरुले कम्पनीको लगनशीलता र इमानदारीप्रति आभार व्यक्त गर्नुभयो । महानगरका इन्जिनियर प्रदीप पौडेलले पुललाई बलियो बनाउन प्राविधिक रुपमा गरेका काम बारे जानकारी दिए ।
पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो ।
अन्य दुई पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा
ललितपुर महानगरले आफ्नै लगानमिा निर्माण सुरु गरेको अन्य दुईवटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।
रानीबँु कुसुन्ती (वडा नं.१३) र भैसीँपाटी(वडा नंं.२५) जोड्नेछ । त्यसैगरी वडा नं. १४ स्थित नखिपोटमा बनेको पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको हो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यी पुल प्रयोगमा आउन थालेपछि नगरबासीलाई धेरै सजिलो हुने बताए । उनले भने,‘ यी पुल दुरी छोट्याउने, सम्बन्ध बढाउने पुल हुन् ।’ नगर प्रमुख महर्जनले पुल प्रयोगमा आउन थालेपछि ट्राफिक जामको समस्या समेत कम हुने बताए । उनले भने, ‘पुल भएपछि मुख्य बाटोको विकल्प समेत तयार हुन्छ । ’ महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुईवटा पुल पनि बनिसक्ने बताए । उनले भने, ‘दुई वर्षभित्र तीनवटा पुल निर्माण सम्पन्न हुनेछन् , यो महानगरको लागि ठूलो उपलब्धि हो । ’
सुनाकोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ । यो पुलका लागि करीब ५ करोड बजेट छुट्याइएको छ । महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ ।
कुसुन्ती रानीबँ र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ । यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ ।
नखिपाट र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ भने करीब ४ करोड बजेट छुट्याइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ