ललितपुर,ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ । .
असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगरसभाले बैठकले पारित गरेको हो । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले आर्थिक वर्ष २०८१ ÷२०८२का लागि बजेट पारित गरेको जानकारी दिए । महानगरको नीति तथा कार्यक्रम यस अघिको बैठकले पारित गरेको उनले बताए । महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए । उनले भने , ‘चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल ग¥यौँ ।’महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण,हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ