ललितपुर,ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बासस्थान प्रभावित भएका नगरबासीलाई महानगरको सम्पर्कमा आउन अनुरोध गर्नु भएको छ ।
प्रमुख महर्जनद्धारा आइतबार जारी विज्ञप्ति भनिएको छ, ‘ देशभर भएको अविरल वर्षाबाट ललितपुर महानगरपालिका पनि प्रभावित भएको छ, यो वर्षाबाट बासस्थानमा क्षति पुगेको छ , र, वर्षाबाट परिवारमा रहनु भएका ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी÷ गर्भवती महिला र अपाङ्गता भएकाहरु प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो एकिन विवरण टिपाउन हुन अनुरोध गर्दछु ।’ महानगर प्रमुख महर्जनले ‘एलएमसी एप्स’ बाट समेत वर्षाका कारण प्रभावित भएको सूचना पठाउन सकिने बताउँदै त्यसका लागि एप्सको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
ललितपुर महानगर महानगरबासीको नजिकको सरकार भएको उल्लेख गर्दै नगरबासीले भोग्ने अप्ठ्यारोमा स्थानीय सरकारको प्रमुखको हैसियतले आफू सधैंसँगै रहने नगर प्रमुख महर्जनको भनाई छ । नगर प्रमुख महर्जनले विज्ञप्तिमा भन्नु भएको छ,‘आइपर्ने अप्ठ्यारो परिस्थितिको सामना गर्ने शक्ति र धैर्य गर्ने साहस बटुल्न अनुरोध समेत गर्दछु ।’
निरन्तर वर्षाका कारण परेको विपद्को सामना गर्न छिमेकी पालिकाहरुलाई सहयोगको आवश्यकता परे महानगर सहयोग गर्न तयार रहेको समेत उहाँद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उहाँले भन्नुभएको छ — ‘ललितपुर महानगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु हुन समेत अनुरोध गर्दछु । ’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ