ललितपुर,बागमती प्रदेश सदस्य एवं पूर्वमन्त्री रामकृष्ण चित्रकारले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन्।
ललितपुर क्षेत्र नम्बर २ प्रदेशसभा 'ख' बाट निर्वाचित सांसद चित्रकारले निर्माणाधीन फ्लाई ओभरको निरीक्षण गर्दै सम्बन्धित निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आएको बताए। उनले भने- "जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु मेरो कर्तव्य हो" 'जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा चुप बस्न सकिँदैन' त्यसकारण म पटकपटक निर्माण स्थलमा उपस्थित भई गुणस्तरीय तरिकाले छिटो फ्लाइ ओभर सम्पन्न गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छु।
निरीक्षणका क्रममा चित्रकारले दशैं अगावै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको समेत बताए।
स्थानीयवासी विष्णु बस्नेतले फ्लाई ओभर छिटो नभन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए। उनले एकपटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवा धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत सुनाए।
२०७८ साल फागुन १२ गतेबाट सुरु भएको चार लेनको फ्लाई ओभर निर्माणको जिम्मेवारी श्री आशिष-समानान्तर रेलिगेर जेभीले पाएको थियो। १७ करोड ६ लाख ८८ हजारको लागतमा बन्न लागेको फ्लाई ओभरको लम्बाई ४९० मिटरको रहनेछ। ग्वार्को चोकबाट बि एण्ड बी तर्फ १३५ मिटरको र्याम रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्याम रहनेछ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ