चितवन- भरतपुर महानगरपालिका-७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबार बागमती प्रदेश ०१–०३०च ७१९० नम्बरको रोकी राखेको कारमा स्थानीयले आगजनी गरेका हुन् ।
एक सय जना हाराहारीका स्थानीय जम्मा भएर कारमा आगो लगाएको उहाँले जानकारी दिनुभयो । आरएस इन्जिनियरिङ सोलुशन प्रालि कालोपुल काठमाडौँबाट दुई जना उक्त कारमा आएका थिए ।
बाराको जितपुर सिमरा उपमहानरपालिका बस्ने वर्ष २१ का अजित बस्नेत र धादिङ गल्छी गाउँपालिका– ८ बस्ने वर्ष ३५ का कार चालक दिलीप तामाङले कार रोकी सडक सर्भे गर्न गएको बेला कारमा आगजनी भएको थियो ।
आगलागीबाट कार पूर्णरुपमा क्षति भएको छ भने दुवै जनालाई प्रहरीले सुरक्षित राखेको छ । कारमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो । गुगल नक्सा सर्भेका लागि उनीहरु आएको आफूलाई बताएको प्रजिअ यादवले बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ