सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० श्रावण २०७७ / Tuesday, 04 August 2020

लगातारको बर्षाको कारण सरुवा रोगको जोखिम बढेको सरकारको दाबी


प्रकाशित समय: मगलवार, ०१ : ५९ बजे श्रावण ६ गते



लगातारको बर्षाको कारण सरुवा रोगको जोखिम बढेको सरकारको दाबी

काठमाडौ, सरकारले लगातारको बर्षाको कारण सरुवा रोगको जोखिम बढेको दाबी गरेको छ । वर्षाका कारण आएको बाढी पहिरोले गर्दा दूषित पानीका कारण विभिन्न सरुवा रोगको जोखिम रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरके हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बर्षाको मौसममा झाडापखाला, आउँ, हैजा, टाइफाइडजस्ता रोगहरु देखा पर्ने गरेकोले सावधानी अपनाउन आग्रह गरेका हुन् ।

फोहर पानी र असन्तुलित खानपिनका कारण सरुवा रोगको सङ्क्रमण बढ्ने गरेको उनको भनाई छ । कोरानाको जोखिम पनि बढेकाले सचेत भइ सुरक्षित रहन मन्त्रालयले सुझाव दिएको छ ।