ललितपुर,ललितपुरको ढोलाइटीमा अत्याधुनिक सुविधा सम्पन्न स्पोर्ट्स कम्प्लेक्स सञ्चालनमा आएको छ। ललितपुर महानगरपालिका वडा नम्बर २६ मा करिब १० करोडको लगानीमा विनायक स्पोर्ट्स कम्प्लेक्स खुलेको हो।
स्पोर्ट्स कम्प्लेक्सको उद्घाटन वागमती प्रदेश सदस्य, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष माननीय मीन कृष्ण महर्जनले गरेका छन्।
कम्प्लेक्स भित्र जिम, स्विमिङ, फुट्सल, ब्याडमिन्टन, स्टिम साउना, टेबुलटेनिस, जुम्बा, ज्याकुजी साथै खाजा खानाको लागि क्याफे तथा रेस्टुरेन्टको समेत व्यवस्था रहेको छ।
युवा व्यवसायी शेखर महत र विक्रम महर्जनको संयुक्त लगानीमा सञ्चालनमा आएको ललितपुरको यो पहिलो खेलकुद हव हो।
२०७९ सालमा फुट्सल, स्विमिङबाट सुरु भएको sports complexमा अहिले जिम, ब्याडमिन्टन, साउना लगायतका संरचना तयार गरिएको सञ्चालकले जानकारी दिए। अत्याधुनिक मेसिनहरू जडान गरिएको जिम आजबाट शुरु भएको छ। जिमको शुभारम्भ धर्मश्री विजेता जिम नायक महेश महर्जनले गरेका थिए।
कम्प्लेक्स भित्र २५ मिटर लम्बाई र १५ मिटर चौडाई र गहिराई ६ फिटसम्म स्विमिङ पूल रहेको छ। त्यस्तै साउनाको लागि महिला पुरुषको लागि छुट्टाछुट्टै रूमको व्यवस्था रहेको छ।
फाइभ ए र सेभेन ए साइड भएको फुट्सलमा एकैपटक दुई खेल खेल्न सकिने छ।
छ रोपनी क्षेत्रफलमा फैलिएको खेलकुद हबमा पार्किङको राम्रो सुविधा रहेको छ।
खेलकुद हवको सदस्य बन्ने पहिलो एक सय जनालाई २५ प्रतिशत छुटको ब्यवस्था समेत रहेको आयोजकले जनायो।
उद्घाटन समारोहमा वागमती प्रदेशका पुर्व सांसद राजकाजी महर्जन, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं प्रवक्ता मिलन सिलवाल, ललितपुर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष सुरेश महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सदस्य दिनेश घोरासैनी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास
महतले गरेका थिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ