सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना

प्रकाशित समय: आइतवार, ०१ : १९ बजे श्रावण ६ गते



नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना

काठमाडौँ,कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना भएको छ । पार्टीका संस्थापक नेता बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबारबाट पुस्तकालयको शुभारम्भ गरिएको हो। 

आज कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थापना भएको पुस्तकालयको उद्घाटन गरेका थिए।

 

पुस्तकालयमा ३२ हजारभन्दा बढी पुस्तक रहेको कांग्रेसका युवा नेता शंकर तिवारीले जानकारी दिए । 

पुस्तकालयमा बीपीको हस्तलिखित डायरीसहित ऐतिहासिक दस्ताबेजहरूसमेत रहेको उनले बताए । 

तस्विर:- कान्तिपुर