सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

ललितपुरमा ५ जनालाई हैजा देखियो

प्रकाशित समय: मगलवार, ११ : ३५ बजे श्रावण ८ गते



ललितपुरमा ५ जनालाई हैजा देखियो

ललितपुर, ललितपुरको ठैवमा ५ जनामा हैजा देखिएको छ। गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा अवस्थित एक रिहाब सेन्टरमा बिरामी भएका तीनजनालाई पखाला लाग्ने, बान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका अस्पताल पुर्‍याइएको थियो। तीमध्ये दुईजनालाई  पाटन अस्पताल र एकजनालाईटेकु अस्पताल पुर्‍याइएको थियो। 

 

टेकु अस्पताल पुगेका  एकजनामा बिरामीको कल्चर टेस्ट गर्दा हैजा पुष्टि भएको थियो।

पाटन अस्पताल पुगेका दुईजनालाई आइसियु अभावमा नेसनल हस्पिटल रिफर गरिएको र उनीहरूको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनायो। 

टेकु अस्पतालमा रहेका बिरामीमा हैजा पुष्टि भएपछि प्राथमिक स्वास्थ्य केन्द्र बाँडेगाउँका प्रमुख पुष्प चन्दको नेतृत्वमा स्वास्थ्य टोली रिहाब सेन्टरमा पुगेको थियो।

त्यहाँ स्वास्थ्य टोलीले छ जनाको दिशाको नमुना परीक्षण (आर डि टि) गर्दा चारजनामा हैजा पुष्टि भएको प्रमुख चन्दले बताए। 

 

हैजाका बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

 

वडामा हैजाको संक्रमण देखिएपछि वडा अध्यक्ष निरोज बज्राचार्यले वडाबासीलाई सतर्क रहन आह्वान समेत गरेका छन्।