सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

जनताले प्रत्यक्ष लाभ महसुस गर्नेगरि काम गर्नुस् : उप प्रधानमन्त्री प्रकाशमान सिंह

प्रकाशित समय: बिहिवार, ०९ : ३६ बजे श्रावण १० गते



जनताले प्रत्यक्ष लाभ महसुस गर्नेगरि काम गर्नुस् : उप प्रधानमन्त्री प्रकाशमान सिंह

काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्नेगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएकाे छ । बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले कर्मचारीहरूलाई यस्ताे निर्देशन दिनुभएकाे हाे ।

 

काम गर्ने क्रममा केही समस्या परे मन्त्रालयमार्फत समाधान गर्ने भन्दै मन्त्री सिंहले जनताले महसुस गर्नेगरि काममा ध्यान दिन निर्देशन दिनुभयाे । शहरी विकास तथा भवन निर्माण विभाग मन्त्रालयकाे महत्त्वपूर्ण विभाग भएको भन्दै मन्त्री सिंहले कर्मचारीहरूलाई लगनशील तथा इमान्दारितापूर्वक काम गर्न आग्रह गर्नुभयाे ।