सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ११ जेठ २०८२ / Saturday, 24 May 2025

बागमती गाउँपालिकामा पहिरो: घर गोठ-प्रहरी चौकीमा क्षति, सडक अवरुद्ध

प्रकाशित समय: आइतवार, ०९ : ३९ बजे श्रावण १३ गते



बागमती गाउँपालिकामा पहिरो: घर गोठ-प्रहरी चौकीमा क्षति, सडक अवरुद्ध

ललितपुर,अविरल वर्षाका कारण बागमती गाउँपालिका वडा नम्बर ६ आश्राङमा घरमाथिबाट आएको पहिरोले स्थानीय इन्द्रबहादुर भोम्जनको घरमा क्षति पुर्‍याएको छ। 

 

राति अन्दाजी १:३० बजे खसेको पहिरोले भोम्जनसँगै अन्य चार घरमा समेत क्षति पुर्याएको छ। पहिरोले खेतीयोग्य जमिन, घरगोठ लगायतका स्थानमा क्षति पुर्याएको वडा अध्यक्ष नारायण बोम्जनले जानकारी दिए। अध्यक्ष बोम्जनका अनुसार अन्य १५/२० घरधुरी जोखिममा रहेको उनले बताए। 

 

त्यस्तै बर्षात् का कारण स्थानीय प्रहरी चौकी आश्राङमा समेत क्षति पुगेको प्रहरी सहायक निरीक्षक विष्णु स्याङतानले बताए। चौकी भित्र पानी जमेको, चौकी वरपर बालुवा, लेदो, ढुङ्गा आएर थुप्रिएको स्याङतानले बताए। 

 

वर्षाले बगुवा, प्युटार, ठाँटीभन्ज्याङ सडकमा समेत क्षति पुर्याएको छ। बाढीले सडकका विभिन्न स्थानमा रहेका खोल्सीमा ग्राभेल ढुङ्गा थुपारेको छ भने केही स्थानमा रुख ढलेका छन् । पहिरो र बाढीले भौतिक संरचनामा क्षति पुर्‍याए पनि अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरी सहायक निरीक्षक स्याङ्ताङले बताए।