सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

महोत्सवमा स्टेज तताउन गायिका ज्योति मगर र उर्गेन दोङ धापाखेल आउँदै

प्रकाशित समय: बिहिवार, १२ : ४५ बजे श्रावण १७ गते



महोत्सवमा स्टेज तताउन गायिका ज्योति मगर र उर्गेन दोङ धापाखेल आउँदै

ललितपुर,ललितपुरको धापाखेलमा चलिरहेको सांस्कृतिक तथा व्यापार महोत्सवमा गायिका ज्योति मगर र उर्गेन दोङ आउने भएका छन्। यही साउन ११ गतेदेखि सुरु भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूले प्रत्येक दिन प्रस्तुति दिइरहेका छन्। जस क्रममा साउन १८ गते ज्योति मगर र उर्गेन दोङको प्रस्तुति हुने आयोजकले जनाएको छ।

 

कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा उक्त दिन लोकदोहोरी गायक नवराज घोरासैनी, गायिका सुनिता ल्याङमड, सबिना दाहाल तथा दिपेन्द्र सोनामको प्रस्तुति रहेको आयोजकले बतायो।

 

त्यस्तै उक्त कार्यक्रममा हाँस्य जोडी किशोर भण्डारी डिठा साप र रेश्मा तिमल्सिना बुनुमैचाको विशेष प्रस्तुति रहने आयोजकले जनायो।

अन्य दिन निःशुल्क प्रवेश पाइने भएपनि १८ र १९ गते तथा साउन २५ र २६ गते प्रवेश शुल्क लाग्ने आयोजकको छ।

 

मेलामा महिला दिदीबहिनीहरूद्वारा सञ्चालित हस्तकला सामग्री, खेलकुदका सामग्री, नेवारी तथा स्थानीय खानेकुराका परिकारको स्वादमा रोटेपिङ ,मिकिमाउस,ड्राइगन,कोलम्बर्लस लगायत खेलकुदको मज्जा लिन पाइने छ।

 

सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ धापाखेल मा भइरहेको सांस्कृतिक तथा व्यापारिक महोत्सवमा साउन २६ गतेसम्म हुने महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना प्रदर्शनमा राखि

एका छन्।